FLASH NEWS
- Loading...
शिक्षक सेवा आयोगले माबि स्थायी शिक्षकको नतिजा सार्वजनिक गर्यो

- शिक्षापाटि शिक्षक सेवा आयोग
- १७३ पटक पढिएको
काठमाडौँ: शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले खुला प्रतियोगितात्मक माध्यमिक तह तृतीय श्रेणी नेपाली शिक्षक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
सोमबार एक सूचना जारी गर्दै आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको मिति २०७९/१२/१५ र २०७९/०३/०९ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरूमध्ये सफल उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको जनाएको हो। साथै तोकिएको मितिमा अन्तर्वार्ताका लागि उपस्थित हुन पनि आयोगले सूचित गरेको छ।
प्रकाशित मिति: २०७९ भाद्र २०, सोमबार

प्रतिक्रिया दिनुहोस








