FLASH NEWS
  • Loading...

शिक्षकलाई करारमा नियुक्ति गरौं, २० वर्ष भन्दा बढी सेवा गर्न दिनु हुँदैन ; बास्कोटा

  • शिक्षापाटि समाचार
  • १४२६ पटक पढिएको
शिक्षकलाई करारमा नियुक्ति गरौं, २० वर्ष भन्दा बढी सेवा गर्न दिनु हुँदैन ; बास्कोटा

काठमाडौं :सत्ताधारी मुख्य घटक नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सामुदायिक विद्यालयमा स्थायी भन्दा पनि करारमा शिक्षक र प्रधानाध्यपाक नियुक्ति गरेमा मात्रै शिक्षाको गुणस्तर सुधार हुन सक्ने बताएका छन् ।

सामाजिक सञ्जाल तिर

‘शिक्षकलाई स्थायी होइन, करारमा नियुक्ति गर्नु पर्छ’ विद्यालय शिक्षा विधेयकमा संशोधनकर्ताको रुपमा संसदको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिमा उनले भने, ‘करार शिक्षकले पठाएको नतिजा राम्रो आएन भने हटाउन सकिन्छ ।’

शिक्षकलाई २० वर्ष भन्दा बढी सेवा गर्न दिन नहुने उनको जिकिर छ । त्यस्तै प्रधानाध्यपाकको पनि दरबन्दीकै व्यवस्था गरेर प्रतिष्पर्धाको आधारमा करारमा नियुक्ति गर्ने गरी शिक्षा ऐन जारी गर्नु पर्ने उनले बताए । सामुदायिक विद्यालयको व्यवस्थापन समितिमा जनप्रतिनिधि रहने व्यवस्था हटाएर विधेयक पारित गर्नु पर्ने उनको प्रस्ताव छ ।

‘सामुदायिक भनेपछि समुदायकै मान्छे हुनुपर्छ’ उनले भने ।

विधेयक संविधानले परिकल्पना गरेको शिक्षाको लक्ष्य हासिल गर्ने खालको हुनु पर्ने उनले बताए ।

‘राष्ट्रिय निराशा छ । पढेर काम पाईदैँन, दाम पाईदैँन, भन्ने छ’ बास्कोटाले भने,‘निजी क्षेत्रमा चरम व्यापारिकरण भयो ।’

प्रकाशित मिति: २०८१ श्रावण ३, बिहिबार