FLASH NEWS
- Loading...
एसइइ ; बोर्डको समन्वयमा प्रदेशले गर्ने
आगामी वर्ष देखि एसइइ प्रदेशस्तरमा गरिने सहमति जुटेको छ

- शिक्षापाटि मुख्य समाचार
- ५२१ पटक पढिएको
शिक्षा पाटी
सामाजिक सञ्जाल तिर
काठमाडौ,असार -१४।
लामो समयको आंशका तोड्दै माध्यमिक शिक्षा परिक्षा (एसईई) कायम राख्ने सहमती भएको छ । कक्षा १२ सम्मलाई माध्यमिक शिक्षामा समेटेपछि कक्षा १० मा लिइने एसईईको अर्थ नरहने भएकाले खारेज गर्नुपर्ने चर्चाका बीच प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले कायम राख्ने सहमती गरेको हो ।
आज सिंहदरबारमा बसेको समिति बैठकले एसईई कायम राख्ने र यसको सञ्चालन प्रदेश स्तरबाट गर्ने सहमती जुटाएको छ । यस अघि उपसमितिले समितलाई बुझाएको प्रतिवेदनमा एसईई नराख्ने उल्लेख थियो ।
तर सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गर्नुभएपछि समितिले त्यसमा सहमती जुटाएको हो । अब समितिले एसईई प्रदेशबाट सञ्चालन गर्ने व्यवस्थासहितको विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाउनेछ ।
प्रकाशित मिति: २०८२ अषाढ १४, शनिबार

प्रतिक्रिया दिनुहोस









