शिक्षा पाटी
टोकियो, जापान : जापानको एभरेष्ट इन्टरनेशनल स्कुलमा अध्ययनरत नेपाली विद्यार्थीहरूले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हात पारेका छन्। स्कुलका ६ जना विद्यार्थीले ४.०० जीपीए प्राप्त गर्दै उत्कृष्ठ प्रदर्शन गरेका छन् भने बाँकी २३ जना विद्यार्थीले ३.८० जीपीए वा सोभन्दा बढी ल्याउन सफल भएका छन्।
विदेशमा रहेका नेपाली विद्यार्थीहरूले यति उत्कृष्ट नतिजा निकाल्नु गौरवको विषय भएको अभिभावक तथा शैक्षिक क्षेत्रका व्यक्तिहरूले बताएका छन्। उनीहरूको परिश्रम, लगनशीलता र विद्यालयको प्रभावकारी शैक्षिक व्यवस्थाले यस्तो उपलब्धि सम्भव भएको विद्यालयका प्रिन्सिपलले जनाएका छन्।
यसले जापानमै बसेर अध्ययन गर्ने नेपाली विद्यार्थीको क्षमता र प्रतिस्पर्धात्मकता प्रमाणित गरेको छ।
🇳🇵











