FLASH NEWS
  • Loading...

इसिडी शिक्षकलाई विभेद गर्न पाइदैन; सांसद घर्तिमगर

प्रारम्भिक बालविकास शिक्षकमाथि विभेद गर्न नपाइने सांसदहरूको जोड, ईश्वरी घर्ती मगरको आवाजलाई समर्थन
  • शिक्षापाटि समाचार
  • १२८८ पटक पढिएको
इसिडी शिक्षकलाई विभेद गर्न पाइदैन; सांसद घर्तिमगर

शिक्षा पाटी , काठमाडौं ।

सामाजिक सञ्जाल तिर

प्रारम्भिक शिक्षा तथा बालविकासबारे आज संघीय संसदको शिक्षा समितिमा व्यापक छलफल भएको छ। छलफलका क्रममा अधिकांश सांसदहरूले प्रारम्भिक बालविकासमा कार्यरत शिक्षकमाथि विभेद हुन नहुने र उनीहरूलाई नै पूर्ण शिक्षकको मान्यता दिनुपर्नेमा जोड दिएका छन्।

समितिको बैठकमा सांसद ईश्वरी घर्ती मगरले विशेष ध्यानाकर्षण गराउँदै प्रारम्भिक बालविकास क्षेत्रमा कार्यरत अधिकांश महिला कर्मचारीलाई राज्यबाट विभेद गर्न नहुने स्पष्ट सन्देश दिनुभयो। उहाँले प्रारम्भिक बालविकास केन्द्रमा महिलाहरूको नै अग्रणी भूमिका रहेको स्मरण गराउँदै, यदि महिलाको सट्टा पुरुषलाई मात्रै प्राथमिकता दिने हो भने बालविकासको लक्ष्य नै प्रभावित हुने चेतावनी दिनुभयो।

सांसद घर्ती मगरको यस आवाजप्रति महिला सांसदहरू लगायत समितिमा सहभागी अधिकांश सदस्यहरूले समर्थन जनाएका छन्। प्रारम्भिक बालविकासका शिक्षकहरूका लागि आवश्यकताअनुसार तालीम, वृत्ति विकासका अवसर र सम्मानजनक पहिचान सुनिश्चित गर्नुपर्नेमा उनीहरूको साझा धारणा रहेको छ।

महिला सांसदहरूले समेत प्रारम्भिक बालविकासका क्षेत्रमा कार्यरत महिलाहरूको पक्षमा उठाइएको यो आवाजप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले घर्ती मगरको साहसिक अभिव्यक्तिलाई महिला दिदीबहिनीहरूको हक र अधिकारको पक्षमा महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्।

प्रकाशित मिति: २०८२ अषाढ १६, सोमबार