FLASH NEWS
  • Loading...

बालविकास सहजकर्तालाई साधारण शिक्षकको रुपमा नियुक्त गर्नुपछ; सांसद भट्टराई

योग्यताको आधारमा उहाँहरूलाई साधारण शिक्षक बनाउन सकिन्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएका हौँ
  • शिक्षापाटि समाचार
  • ९३९ पटक पढिएको
बालविकास सहजकर्तालाई साधारण शिक्षकको रुपमा नियुक्त गर्नुपछ; सांसद भट्टराई

शिक्षा पाटी

काठमाडौं :विद्यालय शिक्षा विधेयकमाथि सिंहदरबारमा आइतबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा गहन छलफल भएको छ। बैठकमा नेकपा (एमाले)की सांसद विद्या भट्टराईले बालविकास सहजकर्तालाई योग्यताको आधारमा साधारण शिक्षकको रूपमा नियुक्त गर्न सकिने स्पष्ट व्यवस्था ल्याउनुपर्ने प्रस्ताव राख्नुभएको छ।

उपसमितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै सांसद भट्टराईले बालविकास सहजकर्ताको योग्यतालाई उनीहरूको वृत्ति विकाससँग जोड्नुपर्ने धारणा राख्नुभयो। साथै, विद्यालयका अन्य कर्मचारीहरूको कार्यसम्पादनको क्षेत्र पनि स्पष्ट तोक्नुपर्ने उहाँको भनाइ थियो।

“उहाँहरूको योग्यताको आधारमा उहाँहरूलाई साधारण शिक्षक बनाउन सकिन्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएका हौँ। यस्तो व्यवस्था गरेनौँ भने यो थप भार बन्छ,” सांसद भट्टराईले भन्नुभयो, “यसतर्फ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु।”

बैठकमा सहभागी अधिकांश सांसदहरूले समेत बालविकास सहजकर्तालाई योग्यताको आधारमा साधारण शिक्षक बन्न पाउने अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको थियो।

प्रकाशित मिति: २०८२ अषाढ १६, सोमबार