FLASH NEWS
- Loading...
शिक्षा विधेयकमा अन्यौलता, सहमति जुटाउन सरकारलाई ५ दिने अल्टिमेटम
सहमति जुटाउन सरकारलाई ५ दिने अल्टिमेटम

- शिक्षापाटि पत्रपत्रिका
- ५०५ पटक पढिएको
शिक्षा पाटी
सामाजिक सञ्जाल तिर
असार -२२, काठमाडौँ । विद्यालय शिक्षा विधेयक पारित गर्ने भन्दै बसेको संसद्को समितिको बैठक सहमति अभावका कारण निष्कर्षविहीन भएको छ। शिक्षक महासङ्घसँग सहमति नजुटेको भन्दै शिक्षामन्त्री रघुजी पन्तले थप समय मागेपछि विधेयक अघि बढ्न सकेन।
महासङ्घले शिक्षक बढुवामा अनिवार्य ९० प्रतिशत मूल्याङ्कन अङ्क घटाएर ७५ बनाउने मागसहित अन्य प्रावधानमा असहमति जनाएको छ। त्यस्तै, द्वन्द्व प्रभावित शिक्षकका लागि विशेष व्यवस्था गरिनुपर्ने आवाजसमेत उठेको छ।
यसबीच, समितिले सहमति जुटाउन मन्त्री पन्तलाई पाँच दिनको अल्टिमेटम दिएको छ। समितिका सभापति अम्मरबहादुर थापाले सरकारलाई सांसदहरूको आवाज नसुन्ने प्रवृत्ति तत्काल सच्याउन चेतावनी समेत दिनुभयो।
प्रकाशित मिति: २०८२ अषाढ २२, आईतबार

प्रतिक्रिया दिनुहोस









