FLASH NEWS
  • Loading...

ज्ञान अर्थतन्त्रको कुरा गर्ने कांग्रेस, विश्वविद्यालयमा तालाबन्दीप्रति मौन!

ज्ञान अर्थतन्त्रको कुरा गर्ने कांग्रेस, विश्वविद्यालयमा तालाबन्दीप्रति मौन!

शिक्षा पाटी

असार -२४, रोल्पा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रोल्पामा आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई सम्बोधन गर्दै ‘अबको युग ज्ञान अर्थतन्त्रको हो’ भन्दै ज्ञान, सोच र क्षमताको मूल्याङ्कन हुने समय सुरु भएको धारणा राखे। उनले भने, “अबको २०/२५ वर्ष ज्ञानमा आधारित अर्थतन्त्रले देशको नेतृत्व गर्छ।”

तर उनको भनाइ र पार्टीको व्यवहारमा ठूलो विरोधाभास देखिएको छ। त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेसकै भातृसंगठनले तीन सातादेखि तालाबन्दी गरिरहे पनि महामन्त्री थापालगायत पार्टी नेतृत्वले यसबारे कुनै चासो नदेखाउनु बिडम्बनापूर्ण देखिन्छ।

ज्ञानको महत्वका कुरा गरिने एकातिर, र देशको प्रमुख शैक्षिक संस्थान अस्तव्यस्त बनिरहेको अर्को यथार्थबीच नेपाली कांग्रेसको दोहोरो चरित्रप्रति आलोचना सुरु भएको छ। शिक्षालाई राजनीति होइन, प्रगतिको आधार बनाउनुपर्ने आवाज चुलिँदै गएको छ।

प्रकाशित मिति: २०८२ अषाढ २४, मंगलबार