FLASH NEWS
  • Loading...

शिक्षक आन्दोलनकै कारण राजीनामा: पूर्वमन्त्री विद्या भट्टराईको खुलासा

शिक्षक आन्दोलनकै कारण राजीनामा: पूर्वमन्त्री विद्या भट्टराईको खुलासा

शिक्षा पाटी 

असार-२७,काठमाडौं । नेकपा (एमाले) नेतृ तथा पूर्वशिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलन र सरकारको निष्क्रियताका कारण आफूले राजीनामा दिनुपरेको बताएकी छन्। पत्रकार ऋषि धमलासँगको टेलिभिजन संवादमा उनले शिक्षकहरुले ‘एक थान ऐन’ माग्दै वार्ताबाट पन्छिएको र सरकारसमक्ष पेश गरेका सात बुँदामा समयमै निर्णय नआएको उल्लेख गरिन्।

उनका अनुसार शिक्षा विधेयक प्रक्रियामा आफूले छलफल सुरु गरेर काम अगाडि बढाएको भए पनि सरकारले समयमै पहल नगरेपछि जवाफदेही बन्न नसक्ने महसुस गर्दै राजीनामा दिनुपरेको हो।

प्रकाशित मिति: २०८२ अषाढ २८, शनिबार