FLASH NEWS
  • Loading...

आदिकवि भानुभक्त आचार्य : जीवन, काव्य र योगदान

एक सय १२ औं भानु जयन्ती
  • शिक्षापाटि विविध 
  • ६९५ पटक पढिएको
आदिकवि भानुभक्त आचार्य : जीवन, काव्य र योगदान


काठमाडौं, असार २९

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको नाम नेपाली भाषाका प्रथम कविका रूपमा स्वर्ण अक्षरमा लेखिएको छ। विकिपिडियामा उल्लेख गरिएअनुसार, वि.सं. १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदी रम्घा (हालको भानु नगरपालिका) मा जन्मेका भानुभक्तले नेपाली भाषामा वाल्मीकि रामायणको अनुवाद गरेर नेपाली जनतालाई आफ्नै भाषामा रामकथा पढ्ने अवसर प्रदान गरेका थिए।

उच्च ब्राह्मण परिवारमा जन्मिएका भानुभक्तका हजुरबुबा श्रीकृष्ण आचार्य पनि विद्वान् थिए। संस्कृतको गहिरो अध्ययन गरेका भानुभक्तमा कवित्वको बीउ त्यसै पृष्ठभूमिबाट अंकुरिएको हो। यद्यपि, संस्कृत तत्कालीन शासक वर्गको भाषा भएकोले आम जनताबाट टाढा थियो। त्यसैले उनले आम नेपालीले सजिलै बुझ्ने गरी रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरे।

कविता ‘घाँसी’ र सामाजिक सन्देश

भानुभक्तको अर्को प्रसिद्ध काव्यरचना ‘घाँसी’ कविता हो, जसमा उनले एउटा साधारण महिलाबाट प्रेरणा लिएर आफूले समाजका लागि केही योगदान गर्नुपर्ने भान बुझाएका छन्। यो कविता सामाजिक चेतनाले भरिएको छ, जसले नेपाली साहित्यमा यथार्थवादी सोचको सुरुआत भएको संकेत गर्छ।

भानु जयन्ती : भाषाको गौरवको उत्सव

भानुभक्तको जन्मदिन असार २९ लाई ‘भानु जयन्ती’को रूपमा मनाइन्छ। यस दिन देशभर विद्यालय, साहित्यिक संस्था र स्थानिय तहमा कविता वाचन, भाषण तथा र्याली जस्ता कार्यक्रम आयोजना गरिन्छ। नेपाली भाषाको गौरव गानका रूपमा भानु जयन्ती राष्ट्रिय उत्सवकै रूपमा स्थापित हुँदै गएको छ।

मृत्युपछि अझ उज्यालो भएको योगदान

वि.सं. १९२५ सालमा ५४ वर्षको उमेरमा भानुभक्तको निधन भए तापनि उनको साहित्यिक योगदान भने आजसम्म उज्यालो बनेर रहेका छन्। उनले भाषालाई जनतासँग जोड्ने पुल निर्माण गरे, जुन आजसम्म अटुट छ। नेपाली भाषा, साहित्य र शिक्षामा उनको योगदान अमूल्य छ।

प्रकाशित मिति: २०८२ अषाढ २९, आईतबार