FLASH NEWS
- Loading...
पुर्व सांसद शर्माको निधन, दरबार हाइस्कुलका प्रअ लाई पितृशोक

- शिक्षापाटि समाचार
- १०२८ पटक पढिएको
शिक्षा पाटी
सामाजिक सञ्जाल तिर
साउन,५ काठमाडौं । नेपालको पहिलो विद्यालय ‘दरबार हाइस्कुल’, रानीपोखरीका प्रधानाध्यापक शारदा कुमारी पौडेललाई पितृशोक परेको छ। उनका पिता तथा पूर्व सांसद खगराज शर्माको २०८२ साउन ५ गते काठमाडौंमा निधन भएको हो।
लामो समयदेखि अस्वस्थ रहनुभएका ८० वर्षीय शर्माको अन्तिम संस्कार साउन ५ गते साझ पशुपति आर्यघाटमा गरिएको छ ।
शर्मा २०४८ सालको निर्वाचनमा बर्दिया क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। शर्माको निधनले कम्युनिस्ट आन्दोलनमा ठुलो क्षति भएको बामपंथी दलहरुले जनाएका छन ।
प्रकाशित मिति: २०८२ श्रावण ६, मंगलबार

प्रतिक्रिया दिनुहोस









