FLASH NEWS
  • Loading...

कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, भदौमा ग्रेडवृद्धि परीक्षा

  • शिक्षापाटि समाचार
  • ३५१ पटक पढिएको
कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, भदौमा ग्रेडवृद्धि परीक्षा

शिक्षा पाटी 

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। साउन २० गते सम्पन्न बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।

बोर्डका अनुसार परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गर्दै सफलता हासिल गरेका छन्। यता, ३८ दशमलव ८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन्।

यसैबीच, बोर्डले ग्रेड सुधार गर्न चाहने विद्यार्थीका लागि भदौ २८ र २९ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिने जनाएको छ।

वि.सं. २०८१ वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको परीक्षामा तीन लाख ९० हजार आठ सय ४७ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये एक लाख ९६ हजार ९१४ जना छात्रा र एक लाख ९३ हजार ९३३ जना छात्र रहेका थिए।

परीक्षाफल हेर्नको लागि बोर्डको आधिकारिक वेबसाइट result.neb.gov.np तथा neb.gov.np मा जान सकिन्छ। साथै, नेपाल टेलिकमको वेबसाइट neb.ntc.net.np मार्फत पनि नतिजा हेर्न सकिनेछ।

मोबाइल एसएमएस मार्फत नतिजा प्राप्त गर्न चाहनेहरूले NEB<space>Symbol No. टाइप गरी १६०० मा पठाउन सक्नेछन्।

प्रकाशित मिति: २०८२ श्रावण २०, मंगलबार