FLASH NEWS
- Loading...
आइतबार बागमती प्रदेशमा सार्वजनिक विदा
गाइजात्राको अवसरमा बागमती प्रदेशका १३ जिल्लामा सार्वजनिक विदा दिइएको हो

- शिक्षापाटि प्रदेश विशेष
- ४८० पटक पढिएको
शिक्षा पाटी
हेटौंडा, साउन २२ गते।
बागमती प्रदेश सरकारले साउन २५ गते (आइतबार) गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा बिहीबार प्रकाशित सूचनामा सो जानकारी दिइएको हो।
प्रदेश राजपत्र (खण्ड ८, संख्या ३२, प्रदेश राजपत्र भाग ३) मा साउन २१ गते प्रकाशित सूचनाको आधारमा सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
सार्वजनिक बिदासम्बन्धी उक्त निर्णय गाईजात्राको सांस्कृतिक र धार्मिक महत्वलाई ध्यानमा राखी गरिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ। सूचनाको जानकारी सूचना अधिकारी रविता कार्कीले गराएकी छन्।
यस निर्णयसँगै गाईजात्राको दिन बागमती प्रदेशभित्रका सबै सरकारी कार्यालयहरू बन्द रहने छन्।
सूचना

सामाजिक सञ्जाल तिर
प्रकाशित मिति: २०८२ श्रावण २२, बिहिबार

प्रतिक्रिया दिनुहोस









