FLASH NEWS
  • Loading...

शिक्षा विधेयकको प्रतिवेदन लेखन कार्य सकियो, सदनमा पेश गर्ने तयारी

विवादित विषयलाई थाती राख्दै प्रतिवेदन लेखन कार्य सम्पन्न भएको छ
  • शिक्षापाटि समाचार
  • ५२४ पटक पढिएको
शिक्षा विधेयकको प्रतिवेदन लेखन कार्य सकियो, सदनमा पेश गर्ने तयारी

काठमाडौं । लामो समयदेखि छलफलमा रहेको विद्यालय शिक्षा विधेयकका विवादित विषय थाती राख्दै संसदीय समितिले प्रतिवेदन तयार पारेको छ।

सामाजिक सञ्जाल तिर

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सचिवालयलाई लेखन जिम्मा दिँदा सचिवालयले प्रतिवेदनको अन्तिम रूप दिएको हो। नेकपा (एमाले) सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा बनेको उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गरिएको थियो।

तर विधेयकमा अझै केही विषयमा सहमति छैन। मुख्य विवाद निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा पोशाक र आवासीय सुविधा दिनुपर्ने कि नपर्नेमा छ। विद्यालय सञ्चालक यसो गर्न नसक्ने अडानमा छन् भने सांसदहरूले अनिवार्य दिनुपर्ने बताउँदै आएका छन्। यो विषय शिक्षा मन्त्रालय र परामर्श उपसमितिको छलफलबाट टुंगो लाग्नेछ।

बिहीबार बोलाइएको बैठक शिक्षामन्त्री अनुपस्थित हुँदा निर्णय हुन सकेन। सहमति जुटेपछि अर्को बैठकमा प्रतिवेदन सदस्यहरूलाई दिइने र त्रुटि सच्याएर संसद्मा पेस गरिनेछ।

यसबीच, विधेयकमा सहमति विपरीत प्रावधान राखिएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलन घोषणा गरेको छ भने निजी विद्यालयका संगठनले पनि केही प्रावधानमा असहमति जनाइरहेका छन्।

प्रकाशित मिति: २०८२ श्रावण २९, बिहिबार