FLASH NEWS
  • Loading...

शिक्षक कक्षाकोठामा मात्र सिमित हुदैनन्

शिक्षक कक्षाकोठामा मात्र सिमित हुदैनन्

झापा । शिक्षक भनेको केवल कक्षाकोठाभित्र सीमित हुने होइन, जीवनका हरेक मोडमा विद्यार्थीको हितलाई पहिलो प्राथमिकतामा राख्ने व्यक्तित्व हो भन्ने जीवन्त उदाहरण बनेकी छन् – श्री चमरधाप प्रा.वि., बिर्तामोड–१० की समर्पित शिक्षिका कुन्ता राई।

सामाजिक सञ्जाल तिर

शैक्षिक सत्र २०८२ देखि विद्यालयले अभिभावकको पहल र देश–विदेशमा रहेका दाताहरुको सहयोगमा ‘सिटी सफारी’ सञ्चालनमा ल्याएको छ। यसले विद्यार्थीलाई सहज र सुरक्षित यातायातको सुविधा उपलब्ध गराउँदै आएको छ। तर, सफारी चालक अनुपस्थित हुने बेला कुन्ता राईले असाधारण कदम चाल्छिन् – उनी आफैं सवारी हाँक्छिन् र नानीहरूलाई सुरक्षित रूपमा घर पुर्‍याउँछिन्।

शिक्षिकाको यो कामले अभिभावकदेखि विद्यार्थी सबैलाई गहिरो सन्देश दिएको छ – शिक्षा केवल किताबका पानामा मात्र नभई व्यवहार र समर्पणमार्फत पनि दिन सकिन्छ। आफ्नो दायित्वलाई नाघेर विद्यार्थीलाई परिवारको माया र सुरक्षा दिन सक्ने व्यक्तित्व नै सच्चा गुरु हुन् भन्ने कुरा राईले देखाएकी छन्।

विद्यालय समुदायले उहाँलाई ‘समर्पण र सेवा’को पर्यायका रूपमा लिएको छ। उहाँको कथा अरू शिक्षक–शिक्षिकामात्र होइन, सम्पूर्ण समाजका लागि प्रेरणाको स्रोत बनेको छ।

प्रकाशित मिति: २०८२ भाद्र २, सोमबार