बुटवल, भदौ २८ ।
बुटवल-१०, रुपन्देहीस्थित कालीका मानवज्ञान माध्यमिक विद्यालयले आफ्ना एक शिक्षकलाई तत्काल प्रभावबाट पदमुक्त गरेको छ । गत भदौ २४ गते भएको ‘Gen-Z’ आन्दोलनमा विद्यालयका शिक्षक शिवशङ्कर शुक्लाको प्रत्यक्ष संलग्नता र त्यस क्रममा बुटवलको सुख्खानगरस्थित ‘माटोमेटो सुपर मार्केट’ मा देखिएको अनियमित गतिविधिलाई आधार मानी विद्यालय प्रशासनले उक्त निर्णय गरेको हो । सामाजिक संजालमा उनले भटभटेनिको तोडफोडमा संलग्न भइ सामान लगेको फोटो देखिएपछि विद्यालयले कार्वाही गरेको हो ।
विद्यालयले जारी गरेको सूचनामा भनिएको छ, “विद्यालयको आचारसंहिता तथा नियम विपरीत कार्य गरेको ठहर भएकाले निज शिक्षकलाई आजकै मितिदेखि लागू हुने गरी विद्यालयबाट हटाइएको व्यहोरा जानकारी गराइन्छ।”
विद्यालयका प्रिन्सिपल दिनेश थापाले हस्ताक्षर गरेको पत्रमा शिक्षकले गरेको कार्य संस्थाको मर्यादा र शैक्षिक वातावरण विपरीत भएको उल्लेख छ ।
यस घटनाले स्थानीय क्षेत्रमा पनि चर्चा पाएको छ । विद्यार्थी, अभिभावक र सर्वसाधारणबीच विद्यालयको अनुशासन, शिक्षकको जिम्मेवारी र सामाजिक आचरणबारे बहस बढेको देखिन्छ ।
विद्यालायकको विज्ञप्ति












