FLASH NEWS
- Loading...
त्रिवि उपकुलपतिमा प्राध्यापक डा बराल नियुक्त

- शिक्षापाटि मुख्य समाचार
- ४०३ पटक पढिएको
काठमाडौं: त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन्।
सामाजिक सञ्जाल तिर
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो।
उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीनजनाको नाम सिफारिस गरिएको थियो।
प्रकाशित मिति: २०८० फागुन १०, बिहिबार

प्रतिक्रिया दिनुहोस









