- Loading...
एसइइ नतिजा साझ ५ बजे प्रकाशन गर्ने बोर्डको तयारी

- CB Dharajanसमाचार
- ३३० पटक पढिएको
असार १३, काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ सालको नतिजा आज शुक्रबार, २०८२ आषाढ १३ गते, अपराह्न ५ बजे सार्वजनिक हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का अनुसार हिजो राति नतिजाको प्रारम्भिक डेमो परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेको छ।
सामाजिक सञ्जाल तिर
बोर्डले आज बिहान बोर्डका सदस्यहरूलाई अन्तिम डेमो प्रस्तुत गर्ने कार्यक्रम राखेको छ। यदि उक्त डेमो परीक्षणमा कुनै प्राविधिक समस्या नदेखिएको खण्डमा, आजै नतिजा सार्वजनिक गरिने पक्का भएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले एसएमएस, वेबसाइट र फोनमार्फत् आफ्नो नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ। यसपालि करिब ५ लाख विद्यार्थीले एसईई परीक्षा दिएका थिए।
बोर्डले असार ७ गते नतिजा प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरे पनि शिक्षक आन्दोलनको कारण ढिलाइ भएको हो ।










