FLASH NEWS
  • Loading...

एउटै विद्यालयका १८ विद्यार्थीको ४ जिपिए

  • शिक्षापाटि समाचार
  • १२९९ पटक पढिएको
एउटै विद्यालयका १८ विद्यार्थीको ४ जिपिए

शिक्षा पाटी

बुटवल — रुपन्देहीको तिलोत्तमास्थित शान्ति नमुना माध्यमिक विद्यालयले यस वर्षको एसईई (माध्यमिक शिक्षा परीक्षा) मा ऐतिहासिक सफलता हासिल गरेको छ। विद्यालयका १८ जना विद्यार्थीले ४.०० जीपीए ल्याउँदै समुदायिक विद्यालयको नाम उच्च राखेका छन्।

विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। ४ जीपीए ल्याउने विद्यार्थीहरूमा सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पङ्गेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुशान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापा रहेका छन्।

त्यस्तै, विद्यालयका २२ जना विद्यार्थीले ३.९६ देखि ३.९९ जीपीए, १४ जनाले ३.९ देखि ३.९५ जीपीए, १७१ जनाले ३.६ देखि ३.८९, २०९ जनाले ३.२ देखि ३.५९, ११२ जनाले २.८० देखि ३.१९, र १४ जनाले २.४० देखि २.७९ जीपीए ल्याएका छन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शरद भट्टराईले शान्ति नमुनाको नतिजा सम्भवतः नेपालकै सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट रहेको बताए। उनले अभिभावक, शिक्षक र विद्यालय प्रशासनको संयुक्त प्रयासले यो सफलता सम्भव भएको उल्लेख गरे।

प्रधानाध्यापक कुलप्रसाद लामिछानेका अनुसार विद्यालयमा पाठ्यक्रमकेन्द्रित अध्यापन, नियमित आन्तरिक परीक्षा, र कमजोर विद्यार्थीलाई थप सहयोग उपलब्ध गराएर नतिजा सुधारको पहल गरिएकाले यस्तो उपलब्धि हासिल भएको हो।

हाल शान्ति नमुनामा ५ हजार विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित मिति: २०८२ अषाढ १४, शनिबार