- Loading...
मन्थलीको एसइइ नतिजा रामेछापमै उत्कृष्ट , ८८% सफल
मन्थली, असार -१४ ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा रामेछापको मन्थली नगरपालिकाले उत्कृष्ट प्रगति हासिल गरेको छ नगरपालिकाबाट परीक्षामा सहभागी कुल ५८९ विद्यार्थीमध्ये ५२० जना ग्रेडेड हुन सफल भएका छन्, जुन कुल सहभागीको ८८.२९ प्रतिशत हो।
सामाजिक सञ्जाल तिर
नगरपालिकाको शिक्षा शाखाका अनुसार, गत वर्षको तुलनामा यस वर्ष ग्रेडेड प्रतिशतमा कुल २२.३ प्रतिशतले सुधार आएको छ, जसले नगरपालिकाको शैक्षिक गुणस्तरमा आएको सकारात्मक फड्कोलाई दर्शाउँछ।
यस वर्षको नतिजामा मन्थली माध्यमिक विद्यालयकी छात्रा सोफिया श्रेष्ठले ४ जिपिए अंक हासिल गरी नगरपालिकामा प्रथम स्थान हासिल गर्न सफल भएकी छिन्। उनको यो उत्कृष्ट नतिजाले विद्यालय र नगरपालिका दुवैलाई गौरवान्वित बनाएको छ।

नतिजाको विस्तृत विवरण:
नतिजालाई विश्लेषण गर्दा अधिकांश विद्यार्थीले उच्च ग्रेड प्राप्त गरेका छन्।
३.६ देखि ४ जिपिए: १३३ जना
३.२ देखि ३.६ जिपिए: १८७ जना
२.८ देखि ३.२ जिपिए: १४८ जना
२.४ देखि २.८ जिपिए: ५१ जना
परीक्षामा सहभागीमध्ये ७० जना विद्यार्थी भने नन-ग्रेडेड (NG) भएका छन्।
पाँच सामुदायिक विद्यालयको शत प्रतिशत नतिजा
यस वर्ष मन्थली नगरपालिकाका ५ वटा सामुदायिक विद्यालयले आफ्ना सबै विद्यार्थीलाई ग्रेडेड गराएर शत प्रतिशत नतिजा हासिल गर्न सफल भएका छन्। यो सफलता प्राप्त गर्ने विद्यालयहरूमा:
शारदा मावि, गेल
मनकामना मावि, नाटिला
सरस्वती मावि, चनखु
शिद्धेश्वर मावि, सालु
रुद्राक्षेश्वर मावि, मुगिटार
यी विद्यालयहरूको सफलताले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधार सम्भव छ भन्ने बलियो उदाहरण प्रस्तुत गरेको छ। समग्रमा, यो नतिजाले मन्थली नगरपालिकाको शैक्षिक क्षेत्रमा गरिएको लगानी, शिक्षकहरूको मेहनत र विद्यार्थीहरूको लगनशीलताले सार्थक परिणाम दिएको देखाएको छ।











