FLASH NEWS
  • Loading...

एसईई २०८१; ९७१ विद्यार्थीले ४.० जिपिए, रिलायन्स र शान्ति नमुनाको उत्कृष्ट प्रदर्शन

रिलायन्स एकेडेमी र शान्ति नमुना माविको उत्कृष्ट प्रदर्शन
  • शिक्षापाटि समाचार
  • ३८० पटक पढिएको
एसईई २०८१; ९७१ विद्यार्थीले ४.० जिपिए, रिलायन्स र शान्ति नमुनाको उत्कृष्ट प्रदर्शन

शिक्षा पाटी

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा कूल ९७१ जना विद्यार्थीले उच्चतम ग्रेड ४.०० जीपीए हासिल गरेका छन्। बोर्डले यसपालि पहिलो पटक ४ जीपीए प्राप्त विद्यार्थीको सङ्ख्या सार्वजनिक गरेको हो।

संस्थागत विद्यालयतर्फ काठमाडौँको रिलायन्स एकेडेमीले उत्कृष्ट नतिजा हासिल गरेको छ। यहाँ १०२ परीक्षार्थी सहभागी हुँदा १९ जनाले ४ जीपीए प्राप्त गरेका छन्।

त्यसैगरी, सामुदायिक विद्यालयतर्फ रुपन्देहीको शान्ति नमुना माध्यमिक विद्यालयले शानदार प्रदर्शन गरेको छ। ६०९ विद्यार्थी सहभागी भएका मध्ये १८ जनाले ४.०० जीपीए ल्याउन सफल भएका छन्।

सामुदायिक विद्यालयमै धेरै परीक्षार्थी भएको बुटवलस्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालयबाट पनि ९ विद्यार्थीले ४ जीपीए ल्याएका छन्।

गत वर्ष बोर्डले ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या सार्वजनिक गरेको थिएन भने यसपालि मात्र आधिकारिक रूपमा विवरण सार्वजनिक गरिएको हो।


प्रकाशित मिति: २०८२ अषाढ १५, आईतबार