FLASH NEWS
  • Loading...

शिक्षक बन्न लाइसेन्स अनिवार्य, जुनसुकै विषयकोले लाइसेन्स लिन पाउने

शिक्षण गर्न अध्यापन अनुमतिपत्र अनिवार्य , जुनसुकै विषयको ले लाइसेन्स लिन पाउने
  • शिक्षापाटि समाचार
  • ५८६ पटक पढिएको
शिक्षक बन्न लाइसेन्स अनिवार्य, जुनसुकै विषयकोले लाइसेन्स लिन पाउने

काठमाडौँ : विद्यालय तहका शिक्षक बन्न अब शिक्षा संकायबाहेकका विषय पढेकाहरूलाई पनि लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था हुने भएको छ।

सामाजिक सञ्जाल तिर

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार बसेको बैठकले जुनसुकै विषयमा अध्ययन गरेका व्यक्तिले शिक्षक अध्ययन अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न सक्ने सहमति जनाएको हो।

त्यस्तै, विद्यालय तहको पाठ्यक्रम परिर्वतन भएमा वा प्रत्येक पाँच–पाँच वर्षमा शिक्षकले अनिवार्य रूपमा पुनर्ताजगी तालिम लिनुपर्ने व्यवस्था पनि विधेयकमा समेटिएको छ। उक्त तालिम सञ्चालन गर्ने जिम्मेवारी संघ, प्रदेश र स्थानीय तहका सरकारले संयुक्त रूपमा बहन गर्ने प्रावधान प्रस्ताव गरिएको छ।

समितिका सभापति अम्मरबहादुर थापाले पेस गरेको प्रस्तावमा समितिका सदस्यहरूले सहमति जनाउँदै शिक्षण पेसाको गुणस्तर अभिवृद्धिका लागि यी प्रावधान प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ अषाढ १५, आईतबार