FLASH NEWS
  • Loading...

दरबार हाइस्कुलमा राष्ट्रिय धान दिवस मनाउँदै रोपाइँ सम्पन्न

दरबार स्कुलमा रोपाइँ गरेर तथा दहि चिउरा खाएर धान दिवस मनाइयो
दरबार हाइस्कुलमा राष्ट्रिय धान दिवस मनाउँदै रोपाइँ सम्पन्न

शिक्षा पाटी, असार -१५ ।

काठमाडौँ : नेपालीको पहिलो विद्यालयको रूपमा परिचित काठमाडौँ दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ।

विद्यालय प्रांगणमै आयोजित कार्यक्रममा शिक्षक र विद्यार्थीहरू उत्साहका साथ सहभागी भएका थिए। रोपाइँको अवसरमा सबैले परम्परागत शैलीमा दही-चिउरा खाएर पर्वको रमाइलो समेत सँगै बाँडेका थिए।

विद्यालयमा जग्गा सीमित भए पनि काठमाडौं महानगरपालिकाको ग्रीन स्कुल अवधारणालाई आत्मसात गर्दै केही भूभागमा रोपाइँ गरिएको विद्यालयका प्रधानाध्यापक शारदा कुमारी पौडेलले जानकारी दिइन्। साथै, दुबोका साथै अन्य बोटबिरुवा समेत रोपेर हरियाली प्रवर्द्धन गर्ने प्रयास गरिएको विद्यालयले जनाएको छ।


प्रकाशित मिति: २०८२ अषाढ १५, आईतबार