FLASH NEWS
  • Loading...

शिक्षक महासङ्घ र मन्त्रालयको वार्ता निष्कर्षविहीन, आन्तरिक प्रतिस्पर्धामा जुटेन सहमति

महासंघ र मन्त्रालय बिचको वार्ता निष्कर्षबिहिन
शिक्षक महासङ्घ र मन्त्रालयको वार्ता निष्कर्षविहीन, आन्तरिक प्रतिस्पर्धामा जुटेन सहमति

शिक्षा पाटी, काठमाडौं

शिक्षक समायोजनकाे विषयमा नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबीच आज भएको वार्ता निष्कर्षविहीन बनेको छ।

महासङ्घले समायोजनमा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धा हुनुपर्ने माग गर्दै आएको छ। तर, शिक्षा मन्त्रालयले भने उक्त माग पूरा गर्न नसक्ने बताउँदै ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला राख्ने प्रस्ताव पेस गरेको थियो।

दुवै पक्षबीच प्रस्तावका बुँदामा सहमति नजुटेपछि छलफल बिना निष्कर्ष टुङ्गिएको हो। महासङ्घले आफ्नो माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनीसमेत दिएको छ।

शिक्षा मन्त्रालयले भने समायोजन प्रक्रियालाई निष्पक्ष र प्रतिस्पर्धी बनाउन ६०/४० को अनुपात उपयुक्त हुने दाबी गरेको छ। यद्यपि, अर्को चरणको वार्तामार्फत सहमति खोजिने मन्त्रालय स्रोतले जनाएको छ।


प्रकाशित मिति: २०८२ अषाढ १६, सोमबार