FLASH NEWS
  • Loading...

इटाभट्टामा काम गरेर ४ जिपिए ल्याकी गोमाको डाक्टर बन्ने सपना पूरा हुने भयो, भाटभटेनीले दियो छात्रावृति

  • शिक्षापाटि समाचार
  • ७०१ पटक पढिएको
इटाभट्टामा काम गरेर ४ जिपिए ल्याकी गोमाको डाक्टर बन्ने सपना पूरा हुने भयो, भाटभटेनीले दियो छात्रावृति

शिक्षा पाटी

सामाजिक सञ्जाल तिर

काठमाडौं : गोमा श्रेष्ठ, रामेछापकी स्थायी बासिन्दा, हाल भक्तपुरमा बसोबास गर्दै महेन्द्र ग्राम माविबाट एसइइ परीक्षा दिएकी यी प्रेरणादायी छात्राले आर्थिक अवस्था कमजोर भएर पनि अभिभावकसँगै इँटाभट्टामा काम गर्दै पढाइ जारी राखिन् र एसइइ ३०८१ मा ४.० जीपीए प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरिन्।

आफ्नो सपना डाक्टर बनेर जन्मभूमि, देश र जनताको सेवा गर्ने रहेको गोमाको संघर्ष र सफलताले भाटभटेनी सुपरमार्केट परिवारलाई निकै छोयो।

त्यसैले, अध्यक्ष श्री मिनबहादुर गुरुङ र श्रीमती सावित्री गुरुङले उहाँलाई कार्यालयमा निमन्त्रणा गरी

एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च व्यहोर्ने प्रतिबद्धता गर्नुभयो। साथै, नगद रु. १,००,०००, ल्यापटप र सम्मानपत्र प्रदान गरी उहाँलाई सम्मान गरियो।

भाटभटेनी सधैं युवाका सपनामा साथ दिन तयार छ। गोमाको नयाँ यात्रा सुरु भएको छ, र हामी गर्वका साथ उहाँसँग छौं। 💙


प्रकाशित मिति: २०८२ अषाढ १९, बिहिबार