शिक्षा पाटी
काठमाडौं, २७ असार। खोटाङको श्री जनता उच्च माविमा अनुदान हिनामिनाको आरोपमा अख्तियारले ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विद्यालयको भवन निर्माणका लागि दिइएको २४ लाख रूपैयाँ कार्य सम्पन्न नहुँदै निकासा गरिएको, पुस्तकालयका लागि छुट्याइएको ६ लाख ५० हजार रकम समेत भवन निर्माणमै खर्च गरिएको तथा निर्माण कार्य अस्थायी, कमजोर र जोखिमपूर्ण अवस्थामा रहेको अख्तियारको दाबी छ।
दाबीअनुसार सम्झौता विपरीत डिपिसीसम्मको काम पनि नगरी अन्तिम किस्ता निकासा गराइएको थियो। प्राविधिक टोलीले बनाइएको भवन मापदण्ड विपरीत, पिलर चर्किएको, भुइँ पिसिसी नभएको, स्ल्याब पातलो रहेको भन्दै प्रयोग अयोग्य भएको निष्कर्ष निकालेको छ।
मुद्दा दायर गरिएका व्यक्तिहरुमा तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश भट्टराईसहित शिक्षक, प्राविधिक, लेखापाल र निर्माणकर्तासमेत छन्। अख्तियारले झुट्टा बिल र कम गुणस्तरको सामग्री प्रयोग गरी ३० लाख ५० हजार बराबरको भ्रष्टाचार गरेको आरोप लगाउँदै सजायको मागसहित मुद्दा चलाएको छ।











