शिक्षा पाटी
साउन-५, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, शिक्षा संकाय अन्तर्गत स्नातक तह प्रथम वर्ष (वार्षिक प्रणाली) अध्ययनका लागि शैक्षिक वर्ष २०८२/०८३ को नयाँ भर्ना तालिका सार्वजनिक गरेको छ। विश्वविद्यालयले मानविकी, व्यवस्थापन, शिक्षा तथा विज्ञान संकाय अन्तर्गतका सबै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा लागू हुने गरी कार्यक्रम तय गरेको हो।
शिक्षाध्यक्षको कार्यालयबाट सार्वजनिक सूचना अनुसार स्नातक तह प्रथम वर्षको भर्ना साउन ४ गतेदेखि असोज मसान्तसम्म हुने छ भने कक्षा सञ्चालन कात्तिक दोस्रो हप्तादेखि हुनेछ। यस्तै परीक्षा फाराम वैशाखमा, परीक्षा असारमा र नतिजा श्रावणमा प्रकाशन गरिने तालिका छ।
पुनश्च, विद्यार्थीहरूले भर्ना सम्बन्धी विस्तृत जानकारी डीनको कार्यालय वा सम्बन्धित क्याम्पसहरूबाट प्राप्त गर्न सक्नेछन्। प्रवेश प्रक्रिया, कक्षा सञ्चालन र परीक्षा सञ्चालनका कार्यहरू तालिका अनुसार नै सम्पन्न गरिन आग्रह गरिएको छ।
मुख्य मितिहरू:
१. भर्ना: २०८२ साउन ४ देखि असोज मसान्तसम्म
२. कक्षा सञ्चालन: २०८२ कात्तिक दोस्रो हप्ता
३. परीक्षा फाराम: २०८३ वैशाख
४. परीक्षा सञ्चालन: २०८३ असार
५. नतिजा प्रकाशन: २०८३ श्रावण
स्रोत: शिक्षा संकाय, त्रिभुवन विश्वविद्यालय












