- Loading...
शिक्षा विधेयक साउन मसान्तामा पारित हुने, विधेयकमा छुटेका माग नियमावलीमा समेटिने

- शिक्षापाटि समाचार
- ३०४ पटक पढिएको
साउन-७, काठमाडौँ । लामो समयदेखि विवादित बनेको विद्यालय शिक्षा विधेयक-२०८० लाई साउन मसान्तभित्र प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित गर्ने तयारी तीव्र पारिएको छ।
सामाजिक सञ्जाल तिर
सरकार, प्रमुख राजनीतिक दलहरू र शिक्षक प्रतिनिधिहरूबीच प्रारम्भिक सहमति कायम भइसकेको उच्च स्रोतको दाबी छ। विशेषगरी शिक्षकहरूले उठाएका मुद्दाहरूलाई शिक्षा ऐन, नियमावली तथा राष्ट्रिय मापदण्डमा क्रमशः समावेश गर्दै लैजाने सहमति भएको बताइएको छ।
नेपाल शिक्षक महासंघले साउन २१ गतेसम्मको अल्टिमेटम दिइसकेको अवस्थामा विधेयकलाई प्रतिनिधिसभामा साउन ३० गतेभित्र पेस गर्ने योजना तय गरिएको छ। सहमति जुटाइसकेपछि संशोधनसहित विधेयक संसद्मा प्रस्तुत गरिने र त्यसपछि राष्ट्रियसभाबाट पारित गरिने रणनीति बनाइएको छ।
स्रोतका अनुसार “शिक्षकका जतिसक्दो माग विधेयकमै समेट्ने तयारी छ। यसका लागि कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका शीर्ष नेताबीच गम्भीर छलफल हुने तयारी भइरहेको छ,” जानकारी दिइएको छ।
यस प्रक्रियाले लामो समयदेखि माग र असन्तोष झेल्दै आएको शिक्षक समुदायसँगको सम्बन्ध सुधार गर्ने आशा गरिएको छ। विद्यालय शिक्षा प्रणालीलाई स्पष्ट ढाँचामा लैजान र व्यावहारिक कार्यान्वयन सुनिश्चित गर्न यो विधेयकको प्रभावकारी भूमिका रहने अपेक्षा गरिएको छ।










