FLASH NEWS
  • Loading...

विद्यालय जाँदै गरेकी शिक्षिकाको सडक दुर्घटनामा निधन

  • शिक्षापाटि स्वदेश
  • ५७८ पटक पढिएको
विद्यालय जाँदै गरेकी शिक्षिकाको सडक दुर्घटनामा निधन

ताप्लेजुङ, असार ११ — ताप्लेजुङमा बोलेरो गाडी दुर्घटनामा परि एक शिक्षिकाको ज्यान गएको छ। फुङलिङ–११ की २८ वर्षीया भावना रसाइलीको बोलेरो दुर्घटनामा मृत्यु भएको हो।

सामाजिक सञ्जाल तिर

रसाइली सिरीजङ्गा गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालयमा शिक्षिका थिइन्। बर्खे बिदा सकेर विद्यालय फर्किंदै गर्दा सो दुर्घटना भएको हो।

मिति २०८२ असार ११ गते बिहान ७:३० बजे फुङलिङबाट सिरीजङ्गा जाँदै गरेको बोलेरो गाडी फालोटङ खोलाको बनपाला भन्ने स्थानमा ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी रसाइलीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा निधन भएको बताइएको छ।

दुर्घटनामा गाडी चालक ३३ वर्षीय सबिन विश्वकर्मा समेत घाइते भएका छन्। उनको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: २०८२ श्रावण ११, आईतबार