- Loading...
इसिडी शिक्षक, विद्यालय सहयोगी र लेखा सहायकको तलब भत्ता वृद्धि

- शिक्षापाटि समाचार
- ४६७० पटक पढिएको
काठमाडौं, साउन १५। चालु आर्थिक वर्षदेखि संघीय सरकारले बालविकास सहजकर्ता, विद्यालय सहयोगी र लेखा सहायकको मासिक तलब र भत्ता वृद्धि गरेको छ। विद्यालय शिक्षा प्रणालीलाई अझ सुदृढ बनाउने उद्देश्यले यी पदहरूमा कार्यरत कर्मचारीहरूको तलब वृद्धि गरिएको हो।
सामाजिक सञ्जाल तिर
संघीय सरकारले बालविकास सहजकर्ताको मासिक तलब रु १२,००० निर्धारण गरेको छ। गत वर्ष यो तलब रु १०,००० मात्र थियो। अब उनीहरूले वार्षिक रुपमा चाडपर्व खर्च रु १२,००० र पोशाक खर्चसमेत प्राप्त गर्नेछन्।
यसैगरी विद्यालय सहयोगीको मासिक तलब पनि बढाएर रु १०,००० पुर्याइएको छ, जुन अघिल्लो वर्ष रु ८,००० थियो। उनीहरूलाई पनि वार्षिक चाडपर्व खर्च रु १०,००० र पोशाक खर्च उपलब्ध गराइनेछ।
लेखा सहायकको मासिक तलब भने चालु वर्षमा रु १५,००० पुर्याइएको छ। अघिल्लो वर्ष यो रु १३,५०० मात्र थियो। उनीहरूलाई पनि चाडपर्व खर्च रु १५,००० र पोशाक खर्च प्रदान गरिनेछ।
शिक्षा क्षेत्रका कर्मचारीहरूका लागि आएको यस निर्णयले कार्यप्रेरणा बढाउने विश्वास गरिएको छ। संघीय सरकारले आगामी दिनमा यस्ता सहयोगी भूमिकामा कार्यरत कर्मचारीहरूलाई थप सुविधा दिने तयारी गरिरहेको जनाइएको छ।










