- Loading...
एमफिलबाटै पहिलो नम्बरमा पीएचडी प्रवेशमा सुरेन्द्र पाण्डे, श्रीमती पनि छनोट

- Rajau Kalauniसमाचार
- ६६७ पटक पढिएको
काठमाडौं, साउन २७ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) समाजशास्त्र विभागको एमफिल उत्तीर्ण गरेका एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे यस वर्ष पीएचडी प्रवेशमा पहिलो नम्बरमा परेका छन्।
शैक्षिक वर्ष २०८०/८१ मा एमफिलमा भर्ना भएका पाण्डे कक्षामा नियमित हाजिरी र समयमै असाइनमेन्ट बुझाउने विद्यार्थीको रूपमा परिचित रहे। विभाग प्रमुख पासाङ शेर्पाका अनुसार ग्रेडिङ, प्रकाशन र शैक्षिक प्रमाणपत्रको आधारमा गरिएको छनोटमा पाण्डेको नाम शीर्ष स्थानमा आएको हो।
त्रिविको नियमअनुसार एमफिलबाट ५ जना विद्यार्थीलाई मात्र सीधै पीएचडीमा प्रवेश दिने व्यवस्था छ। यस वर्ष ४ जनाले मात्र आवेदन दिएका थिए। छनोट भएकामध्ये पाण्डे, हेलिना राई, पूर्णशोभा चित्रकार (पाण्डेकी श्रीमती) र गोपाल राना रहेका छन्।
छनोट भएपछि पाण्डेले एमफिलको थेसिस नगरी सीधै पीएचडी थेसिसमा काम गर्न पाउनेछन्।










