FLASH NEWS
  • Loading...

कागजी विद्यालयका इजाजतपत्र खारेज गर्ने काठमाडौं महानगरको निर्णय

अनुमानि पाएर सन्चालनमा नरहेका विद्यालयको इजाजतपत्र रद्द गर्ने निर्णय गरेको हो
कागजी विद्यालयका इजाजतपत्र  खारेज गर्ने काठमाडौं महानगरको निर्णय

काठमाडौं । कागजमा मात्र अस्तित्व देखाएर वर्षौँदेखि सञ्चालनमा नआएका संस्थागत विद्यालयलाई काठमाडौं महानगरपालिकाले अन्त्य गर्ने भएको छ।

हिजो नगर शिक्षा समितिको बैठकमा प्रमुख बालेन शाहको अध्यक्षतामा भएको छलफलले यस्ता विद्यालयको अनुमति खारेज गर्न प्रक्रिया अघि बढाउने निर्णय गर्यो।

बैठकमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, शिक्षा तथा स्वास्थ्य समिति संयोजक चिनीकाजी महर्जनसहित कार्यपालिका सदस्य, शिक्षाविद्, विद्यालय प्रतिनिधि र अभिभावक सङ्घका पदाधिकारी उपस्थित थिए।

संयोजक महर्जनका अनुसार दर्ता भएर पनि सञ्चालनमा नरहेका विद्यालयको सूची महानगरले पहिचान गरिसकेको छ र अब ती विद्यालयहरूलाई कानूनी रूपमा बन्द गर्ने चरणमा प्रवेश गरिएको हो।

प्रकाशित मिति: २०८२ श्रावण २९, बिहिबार