FLASH NEWS
  • Loading...

शिक्षा विधेयक संशोधनको माग गर्दै निजी विद्यालय सञ्चालकहरूको देशव्यापी ज्ञापनपत्र

विवादास्पद र गलत प्रावधान विधेयकबाट हटाउन माग गर्दै निजि विद्यालयका सन्चालकले देशभरका स्थानीय तहमा एकैसाथ ज्ञापनपत्र बुझाएका हुन
शिक्षा विधेयक संशोधनको माग गर्दै निजी विद्यालय सञ्चालकहरूको देशव्यापी ज्ञापनपत्र

साउन २९, काठमाडौं।
विद्यालय शिक्षा विधेयकको विवादास्पद प्रावधान संशोधन गर्न माग गर्दै निजी विद्यालय सञ्चालकहरूले देशभरका नगरपालिका र गाउँपालिकामा एकैसाथ ज्ञापनपत्र बुझाएका छन्। प्याब्सन र नेशनल प्याब्सनसँग आवद्ध विद्यालय सञ्चालकहरूले विधेयकमा रहेको निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने१० देखि १५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने व्यवस्था अस्वीकार्य भएको बताएका छन्।

सञ्चालकहरूले चेतावनी दिएका छन्— माग सम्बोधन नभए आन्दोलनका चरणहरू अघि बढाइनेछ। यसअघि हिसान, प्याब्सन, एनप्याब्सन र नेशनल प्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै चार बुँदे माग सार्वजनिक गरिसकेका छन्।

साउन २२ गते शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विधेयकले निजी विद्यालयहरूलाई गैरनाफामूलक बनाउने र १०–१५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रावधान गरेको छ। तर सञ्चालकहरू हालको १० प्रतिशत छात्रवृत्ति दिने प्रचलनलाई यथावत राख्नुपर्ने अडानमा छन्।


प्रकाशित मिति: २०८२ श्रावण २९, बिहिबार