FLASH NEWS
  • Loading...

वीरगन्जमा हैजा फैलिँदा सबै विद्यालय थप तीन दिनका लागि बन्द

वीरगन्जमा हैजा फैलिँदा सबै विद्यालय थप तीन दिनका लागि बन्द

शिक्षा पाटी 

काठमाण्डौ – हैजा संक्रमण तीव्र बन्दै गएपछि वीरगन्ज महानगरपालिकाले मातहतका सबै विद्यालय थप तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। आज बसेको नगरप्रमुस्तरीय बैठकले भोलिदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

यसअघि दुई दिनका लागि बन्द गरिएका विद्यालय अझै बन्द हुने भएपछि विद्यार्थीहरू एक सातासम्म कक्षाबाट टाढा रहने भएका छन्। बैठकले शिक्षक तथा कर्मचारीलाई हैजा नियन्त्रणबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ।

यसैबीच, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वीरगन्जबाट पठाइएका नमुनामध्ये १० मध्ये ८ वटामा हैजाको संक्रमण पुष्टि गरेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गत शुक्रबारयता वीरगन्जमा झाडापखालाका ३९१ जना अस्पताल भर्ना भएका छन्। तीमध्ये ९५ जनामा हैजा पुष्टि भएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलबार