- Loading...
शिक्षामन्त्रीको ३ निर्णायक कदम: शिक्षामा नयाँ आयामको सुरुवात

- CB Dharajanमुख्य समाचार
- ५८९ पटक पढिएको
काठमाडौं: नवनियुक्त शिक्षा मन्त्री महावीर पुनले पदभार ग्रहण गरेको भोलिपल्ट (मङलवार) शिक्षाको गुणस्तर सुधारतर्फ लक्षित तीन महत्वपूर्ण निर्णय गरेका छन्। यी निर्णय दृढतापूर्वक कार्यान्वयन भएमा नेपाली शिक्षा क्षेत्रमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।
सामाजिक सञ्जाल तिर
पहिलो निर्णयअनुसार अब नेपालभरका सामुदायिक विद्यालयका विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट बञ्चित नहुन भन्ने लक्ष्यसहित प्रत्येक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षकको दरबन्दी थपिनेछ। यस कदमले ग्रामीण भेगका विद्यार्थीलाई समेत डिजिटल शिक्षामा पहुँच दिलाउने विश्वास गरिएको छ।
दोस्रो निर्णय विश्वविद्यालयहरूमा लामो समयसम्म नतिजा प्रकाशनमा ढिलाइ हुने परिपाटी अन्त्य गर्ने उद्देश्यसहित आएको छ। मन्त्रीले बढीमा तीन महिनाभित्र परीक्षाफल प्रकाशित गर्न निर्देशन दिएका छन्। यसलाई पालना नगर्ने विश्वविद्यालयलाई अनुदान रोक्का गर्ने चेतावनी दिइएको छ, जसले विद्यार्थीको भविष्य अनिश्चिततामा नपरोस् भन्ने सुनिश्चित गर्नेछ।
तेस्रो निर्णयमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरलाई आकर्षक र व्यवस्थित बनाउने पहल गरिएको छ। सफाइ अभियानसँगै सुन्दर बगैँचा र फुटपाथ निर्माण गरेर शैक्षिक वातावरणलाई प्रोत्साहन दिने तयारी गरिएको छ।
यी तीनै कदमलाई शिक्षाविद्हरूले ‘सानो तर दीर्घकालीन प्रभाव पार्ने’ भन्दै स्वागत गरेका छन्। यिनको सफल कार्यान्वयनले शिक्षामा विश्वसनीयता, आधुनिकता र सौन्दर्यात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।










