- Loading...
मबाट धेरै आश नगर्नु, सकेसम्म गर्ने प्रयास गर्छु : शिक्षामन्त्री महावीर पुन

- CB Dharajanमुख्य समाचार
- ४६७ पटक पढिएको
काठमाडौं – नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूबाट धेरै आशा नगर्न जनतालाई आग्रह गरेका छन्। सोमबार पदभार ग्रहणपछि सञ्चारकर्मीले “जनताले तपाईंबाट धेरै अपेक्षा गरेका छन्” भन्ने प्रश्न सोध्दा उनले, “मबाट धेरै आश नगर्नु, जति सक्छु त्यति गर्ने हो” भन्दै स्पष्ट प्रतिक्रिया दिएका हुन्।
सामाजिक सञ्जाल तिर
पुनले २००७ सालदेखि हुन नसकेका सुधार कार्यहरू अहिले ६ महिनामै सम्पन्न हुने सम्भावना नरहेको बताए। “नेपालमा जनताले धेरै अपेक्षा राख्ने बानी छ, तर तत्कालीन अवस्थामा ठूलो परिवर्तन सम्भव हुँदैन,” उनले भने।
शिक्षण क्षेत्रमा १३ वर्ष बिताइसकेका पुनले आफ्नो अनुभवका आधारमा शिक्षा क्षेत्र सुधार गर्न सकेसम्म योगदान दिने प्रतिबद्धता जनाए। उनले विज्ञहरूसँग सुझाव लिएर प्राथमिकता निर्धारण गर्ने तयारी पनि रहेको जानकारी दिए।
म्याग्दीमा २०११ सालमा जन्मिएका पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत हुन्। उनी नेपालको ६५औँ शिक्षामन्त्रीका रूपमा सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिएर पदभार ग्रहण गरेका हुन्।










