- Loading...
TSC/ PSC तयारी ; प्रथा, परम्परा तथा विश्वसम्पदा सङ सम्बन्धित परीक्षामुखी प्रश्नका उत्तरहरु
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- १२० पटक पढिएको

शिक्षक सेवा आयोग तथा लोकसेवा आयोग प्रथमपत्र तयारीको लागि महत्त्वपूर्ण सामग्री
शिक्षक सेवा आयोग तथा लोकसेवा आयोग प्रथमपत्र तयारीको लागि महत्त्वपूर्ण सामग्री
१. नेपालमा कमैया प्रथाको अन्त्य कहिले भय?- वि.स २०५७ साउन २ (तल्कालिन प्र.म गिरिजाप्रसाद कोइराला)
२. नेपालमा कमलरी प्रथाको अन्त्य कहिले भयो ?- वि.स २०७०/साउन/ ०३ गते
मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी
३. पहिलो कमलरी मुक्त जिल्ला कुन हो?- दाङ
४. नेपालमा दास प्रथाको अन्त्य कहिले भयो ?- वि.स १९८१ बैशाख १ गते(प्र.म चन्द्रशमशेरको पालामा )
५. विश्वमा दासप्रथा अन्त्य गर्ने पहिलो राष्ट्र कुन हो?- डेनमार्क
६. नेपालमा सति प्रथाको अन्त्य कहिले भय?- वि.स १९७७ असार २५(प्र.म चन्द्रशमशेर)
७. नेपाल सरकारले छाउपडी प्रथालाई कहिले कु-प्रथा भनेर घोषणा गरेको हो?- वि.स २०६३ बैशाख २६
८. छुवाछूत अन्त्य घोषणा कसले गरेका थिए?- वि.स २०२० भाद्र १ गते राजा महेन्द्रले
९. नेपाल सरकारले छुवाछूत मुक्त राष्ट्र घोषणा कहिले गरेको हो?- वि.स २०६३ जेठ २१
१०. नेपालमा छुवाछूत दिवस कहिले मनाइन्छ?- हरेक बर्ष जेठ २१
११. देउकी प्रथा नेपालको कुन ठाँउमा ब्याप्त छ?- सुदुरपश्चिम
१२. देउकी प्रथाको केन्द्रबिन्दु मन्दिर कुन हो?-मेलौली मन्दिर ,बैतडी
१३. डङुवा प्रथा नेपालको कुन जातिमा प्रचलित छ?-राजबँशी
१४. राजबँशीले मन्न्ने मुख्य चाड कुन हो?- सिरुवा पर्व
१४. कोचे जाति भनेर कसलाई चिनिन्छ?- राजबँशी
१५. नेपालमा हलिया प्रथाको अन्त्य कहिले भयो ?– वि.स २०६५ भाद्र २१ (प्र.म पुष्पकमल दाहाल)
१६. नेपालमा हाल कतिवटा जातजाति रहेका छ्न?- १२५ जाति
१७. विश्वका सम्पदा संरक्षण गर्ने निकाय कुन हो?- UNESCO (यसको प्रधान कार्यालय फ्रान्सको पेरिसमा छ)
१८. UNESCO को स्थापना कहिले भएको थियो ?- १६ नोभेम्बर १९४५
१९. सम्पदा कति प्रकारका छ्न?- २ प्रकार (भौतिक र अभौतीक)
२०. नेपालमा सम्पदा संरक्षण गर्ने निकाय कुन हो?- पुरातत्त्व विभाग ,स्थापना वि.स २००९
२१. सन २०२१ को प्रतिवेदन अनुसार कति राष्ट्रका कति सम्पदा विश्व सम्पदा सूचीमा सुचिकृत छ।?- १६७ राष्ट्र का ११५४ वटा सम्पदा जसअन्तर्गत ( सास्कृतीक सम्पदा -८९७, प्राकृतिक सम्पदा २१८, मिश्रीत सम्पदा- ३९) गरि जम्मा -११५४
२२. नेपालका कति वटा सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छ्न?- १०
२३. विश्व सम्पदा सूचिमा सूचीकृत १० सम्पदा मध्ये कति वटा सास्कृतिक सम्पदा र कति प्राकृतिक सम्पदा छ्न?- ८ र २
२४. चितवन राष्ट्रिय निकुञ्जलाई कहिले विश्वसम्पदा सूचीमा सूचीकृत गरियो?- सन १९८४
२५. पशुपतिनाथ क्षेत्र कहिले विश्व सम्पदा सूचीमा सूचीकृत भयो ?- सन १९७९
२६. सबैभन्दा पछि विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको सम्पदा कुन हो?- लुम्बिनी क्षेत्र सन १९९७ मा
२७. बौद्धनाथमा रहेको बौद्द स्तूप कति मि अग्लो छ?- ३६ मि
२८. चागुनारायण मन्दिर कहाँ पर्छ?- भक्तपुर
२९. नेपालमा अमाली प्रथाको अन्त्य कस्ले गरेका हुन?- चन्द्रशमशेर
३०. खुला प्रथा कहाँ प्रचलित छ?- कर्णाली प्रदेशको डोल्पाको शेरमी गाउँमा
सामाजिक सञ्जाल तिर

