FLASH NEWS
  • Loading...

आयोगले माविको ४२६ कोटाको लागि आइतबार आवेदन खोल्ने

आयोगले माविको ४२६ कोटाको लागि   आइतबार आवेदन खोल्ने

काठमाडौँ: शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिको लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन पुस ८ आइतवार गते गर्ने भएको छ । माध्यमिक तहको करिब ४ सय २६ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन पुस ८ गते गर्ने भएको हो ।

सामाजिक सञ्जाल तिर

आयोगले कुनै प्राविधिक कठिनाइ नभए पुस ८ गते विज्ञापन गर्न अन्तिम तयारी गरेको जनाएको छ । परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

साथै नेपाली, सामाजिक, अर्थशास्त्र र संस्कृतका विषयमा उम्मेदवार हुनका लागि सम्बन्धीत विषयमा स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम अनिवार्य हुनुपर्ने आयोगले जनाएको छ । ती तालिम नलिएका उम्मेदवारहरूले अनलाइन मार्फत फाराम भरेपनि परीक्षामा सहभागी हुन नपाउने आयोगको भनाई छ ।

त्यसैगरी अन्य विषय अङ्ग्रेजी, गणित, विज्ञान, कार्यालय सञ्चालन र कम्प्युटर विज्ञानमा भने तालिम नलिएकाले पनि उम्मेदवार हुन पाउने छन् ।

प्रकाशित मिति: २०८० पौष ७, शनिबार