FLASH NEWS
  • Loading...

संघीय शिक्षा विधेयक संशोधनका लागि बाटो खुल्यो

संघीय शिक्षा विधेयक संशोधनका लागि बाटो खुल्यो

|sf7df8fF}, !( c;f]hM k|ltlglw;ef a}7s k|ltlglw;efsf] z'qmaf/ a;]sf] a}7s . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । लामो समयको रस्साकस्सीपछि संसदमा टेबल भएको संघीय शिक्षा विधेयकबारे शुक्रबारदेखि प्रतिनिधिसभा बैठकमा छलफल प्रारम्भ भएको छ । विधेयक संसदमा टेवल हुनुअघि नै सरोकारवालाहरुसँग सहमति भएकाले संशोधन कसरी गर्ने अलमल भइरहँदा आइतबारको संसद बैठकमा ‘विद्यालय शिक्षा विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएसँगै संशोधन प्रस्ताव दर्ता गर्ने बाटो खुलेको छ ।

सामाजिक सञ्जाल तिर

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयकका उठेका प्रश्नहरुको जवाफ दिएका छन् । गत शुक्रबार बसेको बैठकमा शिक्षा विधेयक माथि भएको सैद्धान्तिक छलफलमा ८५ जना सांसदले शिक्षा विधेयकप्रति धारणा व्यक्ति गरेका थिए । उक्त छलफलमा प्रस्तावित शिक्षा विधेयक संविधानको मर्म र भावना विपरित भएको भन्दै सरोकारवालासंग थप छलफलको आवश्यकता रहेको सांसदले बताएका थिए । सांसदहरुले सरकारले प्रस्तुत गरेको विधेयकमा शैक्षिक केन्द्रहरुको पुनःसंरचना, पाठ्यक्रमको खाका, अभिभावक र समुदायको संलग्नता, तालिम लगायत शिक्षक कर्मचारीका समस्या निराकरण गर्ने बुँदा समावेश नभएकाले यस विषयमा बृहत छलफलको आवश्यकता औल्याएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरोकारवालासँग भएका सहमति र मागलाई मध्यनजर गर्दै विद्यालय शिक्षा विधेयक, २०८० पारित हुने दावि गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विधेयकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री राईले सरेकारवालासंग आवश्यक छलफल गरी परीमार्जन सहित विधेयक अघि सारेको बताए ।

शिक्षा विधेयकले मुलुकको शैक्षिक क्षेत्र सुधारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने हुनाले सबैको सहमतिमा शिक्षा विधेयक जारी गर्ने शिक्षा मन्त्री राईको भनाई छ । आइतबारको संसद बैठकमा ‘विद्यालय शिक्षा विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएसँगै बहुप्रतिक्षित संघीय शिक्षा विधेयक संशोधनका लागि बाटो खुलेको छ । शिक्षक, स्थानीय तह तथा अन्य सरोकारवालाहरुको माग सम्बोधनका अलावा विधेयकले शिक्षालाई गुणस्तरीय र ब्यवहारिक बनाउन सफल हुने हो कि होइन सांसदहरुले गम्भीर चिन्तन मनन् गर्न जरुरी छ ।

प्रकाशित मिति: २०८० कार्तिक ३, शुक्रबार