FLASH NEWS
  • Loading...

पुर्व वडा अध्यक्षले पास गरे शिक्षक सेवा आयोगको परिक्षा

  • शिक्षापाटि
  • समाचार
  • १६५ पटक पढिएको
पुर्व वडा अध्यक्षले पास गरे शिक्षक सेवा आयोगको परिक्षा

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका एक पूर्व वडाअध्यक्षले शिक्षक सेवा आयोगमा नाम निकालेका छन्। अमरगढी नगरपालिका वडा नम्बर १० का पूर्व वडाअध्यक्ष विष्णुराज भट्टले दार्चुलाबाट आयाेगमा नाम निकालेका हुन्।

सामाजिक सञ्जाल तिर

लिखित परिक्षामा प्रावि तहमा नाम निकालेका भट्ट २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए।

भट्टलाई शुभकामना दिंदै अमरगढीका पूर्व मेयर विशेश्वर प्रसाद ओझा ‘विपिन’ले याेग्य र सक्षम व्यक्तित्व जुनसुकै ठाँउमा पनि अब्बल रुपमा उभिन सक्छ भन्ने उदाहरण उनले दिएको बताएका छन्। ‘सम्भवत: उहाँकाे नेतृत्वमा रहेका बेला वडा नं १० गत कार्यकालमा शुसासन, जनसेवा, नागरिक विश्वास तथा भाैतिक विकासका दृष्टिकोणले ११ वटै वडामध्ये अब्बल रुपमा रहेकाे मैले पाएकाे थिए। २०७४ शुरुवातबाट २०७९ सम्मकाे परिवर्तनकाे महसुसिकरण दिनसक्ने र वडा सदरमुकाममा प्रवेश गर्दा विकासकाे झल्काे दिने तस्विर आज पनि झल्किरहेकाे छ’ ओझाले फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति: २०८० फागुन ६, आईतबार