FLASH NEWS
  • Loading...

विद्यालयमा दलका विद्यार्थी संगठन खारेज गर्ने शिक्षामन्त्रीको निर्णय

  • शिक्षापाटि
  • समाचार
  • ४६० पटक पढिएको
विद्यालयमा दलका विद्यार्थी संगठन खारेज गर्ने शिक्षामन्त्रीको निर्णय

काठमाडौं: नवनियुक्त शिक्षा मन्त्री सुमना श्रेष्ठले विद्यालयमा राजनैतिक दलका विद्यार्थी संगठन खोल्न र राजनीतिक क्रियाकलाप गर्न बन्देज लगाउने निर्णय गरेकी छन ।

सामाजिक सञ्जाल तिर

मन्त्री श्रेष्ठले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्यता लिएको प्रमाणित भएमा तेस्ता शिक्षकलाई सेवाबाट सिधै बर्खास्त गरिने निर्णय पनि पारित गरेकी छन l

शिक्षामन्त्रीको सपथग्रहण पछि पदभार सम्हाल्ने क्रममा मन्त्री श्रेष्ठले विद्यालय तथा विश्वविद्यालयमा कुनै पनि राजनैतिक गतिविधि हुन नदिने उद्घोष गरेकी थिइन l

सार्वजनिक शिक्षा सुधारको लागि यी निर्णय महत्वपुर्ण भए ता पनि निर्णय कार्यान्वयन हुनेमा धेरैको आशंका छ।

प्रकाशित मिति: २०८० फागुन २५, शुक्रबार