FLASH NEWS
  • Loading...

तराईमा ३१ प्रअहरुको सामुयिक राजिनामा

प्रअहरुको सामुयिक राजिनामा
तराईमा ३१ प्रअहरुको सामुयिक राजिनामा

शिक्षा पाटी 

बर्दीबास, असार ३१ – शैक्षिक अनुदान नपाएपछि महोत्तरीको गौशाला नगरपालिकाका ३१ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू आन्दोलित बनेका छन्। लामो समयदेखि पुनःपुनः आग्रह गर्दा पनि नगरपालिकाबाट दिवा खाजा, पाठ्यपुस्तक, बाल शिक्षा, भवन निर्माण, सशर्त तथा पूँजीगत अनुदान नपाएको भन्दै उनीहरूले मङ्गलबार सामूहिक राजीनामा दिएका हुन्।

राजीनामा पत्रमा साउन १ गतेदेखि लागु हुने गरी शिक्षण कार्य असम्भव भएको उल्लेख गरिएको छ। सरस्वती मावि, भण्टाबारीका प्रधानाध्यापक शुभकरण यादवको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत निर्णय गर्दै उक्त कदम चालेको हो।

राजीनामा बुझाउँदा प्रमुख कार्यकारी अधिकृत र शिक्षा शाखा प्रमुख कार्यकक्षमा अनुपस्थित रहेकाले प्रशासन शाखा प्रमुख मिश्रीलाल यादवमार्फत पत्र बुझाइएको थियो।

प्रशासकीय प्रमुख शर्माले प्रधानाध्यापकहरूसँग छलफलको तयारी भइरहेको जानकारी दिनुभयो। शिक्षकहरूको भनाइमा तीन महिनादेखि विद्यालयमा खाजा, किताब र अन्य शैक्षिक कार्यक्रम रोकिएको छ।

प्रधानाध्यापकहरूले अवरुद्ध अनुदान शीर्षकहरूमा तुरुन्तै निकासा दिन नगरपालिकालाई आग्रह गरेका छन्।

श्रोत: गोरखापत्र, असार ३१, २०८१

प्रकाशित मिति: २०८२ अषाढ ३१, मंगलबार