FLASH NEWS
  • Loading...

‘तपस्वी’ बम्जनको औपचारिक अध्ययन कक्षा पाँच

‘तपस्वी’ बम्जनको औपचारिक अध्ययन कक्षा पाँच

‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनको शैक्षिक योग्यता पाँच कक्षासम्म मात्र रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

सामाजिक सञ्जाल तिर

बारामा जन्मिएका उनले २०६२ सालदेखि आफ्नो पढाई र घर त्यागेर तपस्या सुरु गरेका थिए। घरबाट केही टाढा रहेको हलखोरियाको चारकोसे जङ्गलमा तपस्या सुरु गरेका उनी पछि ‘लिटिल बुद्ध’ को नामले र प्रचारित भए।

बम्जन सुरुदेखि नै विवादित रहँदै आएका थिए। कहिले आफूविरुद्ध बोल्नेलाई बन्धक बनाउने होस् त कहिले सर्वसाधारण कुटेर होस् वा गढीमाई मेलामा बलि रोक्ने विषयमा होस्। उनी हरेक विषयमा विवादित नै रहे।

२०७१ साउनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा आनीको रूपमा रहेकी २२ वर्षीया महिलाको जाहेरीका आधारमा सर्लाही जिल्ला अदालतबाट विसं २०७६ माघ २३ गते प्रहरीलाई पक्राउ अनुमति प्राप्त भयो। त्यसपछि उनी फरार थिए। निजविरुद्ध यौन सन्तुष्टी प्राप्त गर्ने तथा बालयौन शोषण तथा व्यक्ति बेपत्ता गरेको आरोपमा जाहेरी दर्ता भएको थियो।

लामो समयको खोजतलासपछि काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–६ रहेको आफ्नै घरमा लुकिछिपी बस्दै आएका बम्जनलाई हिजो साँझ प्रहरीले पक्राउ गर्‍यो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनी पक्राउ गरेसँगै उनको घर खानतलासी गरेको थियो। घरबाट तीन करोडभन्दा बढी नगद बरामद भएको छ।

सीआईबीका अनुसार निजको साथबाट तीस लाख ९२ हजार नेपाली रुपैयाँ बराबरका विभिन्न १७ देशका मुद्राका साथै तीन करोड तीन लाख ७५ हजार बरामद गरिएको छ।

पाँच कक्षासम्म मात्र पढेका उनकाे करोडाैँकाे सम्पत्ति रहेछ। यती मात्र होइन, उनले करोडौंको गाडी चढ्ने गरेको पाइएको छ। बमजनले धुम्बाराहीस्थित एक शोरूमबाट ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्ने तयारी समेत गर्दै थिए।

बमजनले चढ्ने टोयोटा फर्च्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यमहा रे जेडआर स्कुटर पनि प्रहरीले बरामद गरेको छ। नागरिक दैनिकबाट

प्रकाशित मिति: २०८० पौष २७, शुक्रबार