- Loading...
शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षा विशेष
- शिक्षापाटि
- शिक्षक सेवा आयोग
- १२१ पटक पढिएको

१. नेपालको शैक्षिक इतिहासमा पहिलो कानुनी प्रयास कुन हो?- शिक्षाको इस्तिहार १९९६
२. नेपालमा प्राविधिक शिक्षाको सुरुवात कुन राणा प्रधानमन्त्रीको पालामा भएको हो?- वीर शमशेर
३.” शैक्षिक वृद्धिको क्रमबद्ध कथन शिक्षा मनोविज्ञान हो ” यो भनाई कसको हो?- क्रो एण्ड क्रो
४. कक्षा ब्यवस्थापनमा सबैभन्दा जिम्मेवार पक्ष कुन हो?- शिक्षक
५. मनोविज्ञानले ब्यवहारको अध्ययन गर्दछ भने त्यसलाई परिमार्जन कसले गर्दछ ?- शिक्षाले
६. मास्लोको प्रेरणा शृङ्खलाको प्रारम्भिक क्रम देखि उच्च क्रम कुन हो?- शारीरिक आवश्यकता, सुरक्षात्मक आवश्यकता, स्नेह र अपनत्व, आत्म सम्मानको आवश्यकता, र आत्मानुभुती
७. नेपाली पढेको मानिसलाई अङ्ग्रेजी पढ्न गाह्रो हुनु कुन प्रकारको सिकाइको स्थानान्तरण हो?- नकारात्मक
८. तालीम कार्यक्रमको पहिलो चरण के हो?- तालिम आवश्यकता पहिचान
९. शिक्षक पेशागत विकासको प्रारुप २०७२ अनुसार प्रमाणिकरण तालिम कति अवधिको हुन्छ ?- ३० दिन
१०. स्थानीय सरकार सन्चालन ऐन २०७४ अनुसार विधालय तहमा शैक्षिक सुशासन कायम गर्ने प्रमुख दायित्व कसको हो?- स्थानीय सरकार
११.शिक्षा ऐन अनुसार विधालयमा विधालय ब्यवस्थापन समिति गठन गर्नुको मुख्य उद्देश के हो?- विधालयको सन्चालन ,रेखदेख र
ब्यवस्थापन गर्न
१२. शैक्षणिक उदेश्यका प्रकार मध्ये संज्ञानात्मक वा ज्ञानात्मक क्षेत्र तहहरुको क्रम कुन हो?- Knowledge, Comprehension, Application, Analysis, Synthesis
१३. शिक्षा ऐन सातौ संसोधन कहिले भएको हो?- वि.स २०५८/१०/२५
१४. शिक्षा नियमावली २०५९ अनुसार कुनै कक्षामा तोकिएको भन्दा बढी विधार्थी भए अर्को बर्ग खोल्न कस्को अनुमति लिनुपर्ने ब्यवस्था छ ? – शिक्षा विकास तथा समन्वय इकाई
१५. शिक्षण प्रक्रियाको मुल आधार के हो?- पाठ्यक्रम
१६. पाठ्यपुस्तकको प्रयोग, शिक्षण प्रक्रिया, परियोजना आदि विषयमा ब्यवस्थित र क्रमबद्ध बनाउन के आवश्यक पर्दछ?- शिक्षक निर्देशिका
१७. जुन कुराको मुल्यांकन गर्न खोजिएको हो, त्यसको मापन समान रुपले सामजस्यपुर्ण आधारमा बराबर मात्रामा गर्न सक्यो भने त्यसलाई के भनिन्छ?- विश्वसनियता
१८. हाम्रो देशमा मुल्यांकनका लागि प्रचलनमा आएका परीक्षा कति प्रकारका छ्न?- ३ प्रकार
१९. प्रश्नपत्र निर्माणमा एक शिक्षकले कति चरण पार गर्नुपर्दछ?– ६ चरण
२०.प्राचिनकालमा मनोविज्ञानको अर्थ केलाई मानिन्थ्यो?- आत्माको विज्ञान
२१. कम्प्युटरको माध्यमबाट जुनसुकै कुरा सिक्न मिल्ने प्रविधिलाई के भनिन्छ?- Cyber Learning
२२. निशुल्क पाठ्यपुस्तक वितरण दिनका रुपमा कहिले मनाइयो?– वि.स २०७३/०१/०५
२३. हाल प्रचलनमा रहेको बिधालय शिक्षाको संरचना कुन हो?- ८+४
२४. योजना, कार्य, अवलोकन र प्रतिविम्बन कसको कार्यमुलक अनुसन्धान ढाचा हो?- Kurt Lewin.
२५. प्रत्येक विधालयमा कम्तीमा १ जना महिला शिक्षकको ब्यवस्था हुनुपर्छ भनी सिफारिस गर्ने प्रतिवेदन कुन हो?- राष्ट्रिय शिक्षा आयोग २०४९
सामाजिक सञ्जाल तिर

