FLASH NEWS
  • Loading...

मन्थली नगरपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै

मन्थली नगरपालिकामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै

रामेछाप । मन्थली नगरपालिकामा सञ्चालित २० वटा सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागितामा मन्थली नगर स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १६ गतेदेखि सुरु हुँने भएको छ। प्रतियोगिता मन्थली नगरपालिका नगर स्तरीय खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने भएको हो।

सामाजिक सञ्जाल तिर

प्रतियोगिताको उद्घाटन समारोह माघ १६ गते मन्थली माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता माघ १६, १७ र १८ गते सोही विद्यालयको खेलमैदानमा आयोजना हुनेछ।

मन्थली नगर खेलकुद विकास समितिका अनुसार प्रतियोगितामा २० वटा विद्यालयबाट ६५० विद्यार्थीको सहभागिता रहनेछ। प्रतियोगितामा भलिबल (छात्र र छात्रा), एथ्लेटिक्स (छात्र र छात्रा),कबड्डी (छात्र र छात्रा),मार्सल आर्ट (छात्र र छात्रा) गरि कुल चार खेल समावेश गरिएका छन्।

प्रतियोगितामा कुल ६६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ। भलिबल र कबड्डीमा २-२ स्वर्ण पदक, एथ्लेटिक्समा २६ स्वर्ण पदक, र मार्सल आर्टमा ३६ स्वर्ण पदक रहनेछन्।

प्रतियोगिता विद्यालय तहका विद्यार्थी (खेलाडी) हरुलाई खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नका लागि हरेक वर्ष आयोजना हुँदै आएको छ। स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट विजेताहरुलाई जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

मन्थली नगरपालिकाले विगतदेखि सबै खेल विद्यामा प्रतियोगिता आयोजना गर्दै आइरहेको र यस वर्ष पनि उत्कृष्ट व्यवस्थापनसहित सफल बनाउन प्रयासरत रहेको जनाएको छ।

प्रकाशित मिति: २०८१ माघ १५, मंगलबार