- Loading...
शिक्षक सरकारबीच सहमति,असार १५ भित्र शिक्षा ऐन आउने आन्दोलन स्थगित
- शिक्षापाटि
- मुख्य समाचार
- २७४ पटक पढिएको

काठमाडौं : गत चैत २० गते देखि चलेको शिक्षकहरुको सडक आन्दोलन स्थगित हुने भएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा चलेको सडक आन्दोलन २९ दिन सम्म चलेको हो । नयाँ शिक्षा ऐन जारिको माग गर्दै शैक्षिक हड्तालका साथ शिक्षकहरू सडकमा आन्दोलन गर्न उत्रिएका थिए ।
सामाजिक सञ्जाल तिर
“कि जितिन्छ कि बितिन्छ” भन्ने नाराको साथ सुरु गरिएको आन्दोलन शिक्षा ऐन लिएर मात्र विद्यालय फर्किने महासंघले अडान लिदै आएको थियो । शिक्षक आन्दोलनको कारण कक्षा -१२ को परिक्षा पनि प्रभावित भएको थियो ।
आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा ऐन जारी गर्ने लगायत निम्न ७ बुदा मन्त्री परिषदबाट पारित गर्ने सहमति शिक्षामन्त्रालय र महासंघबिच भएको हो ।
शिक्षक सरकार बिच भएका सहमतिका ९ बुदाहरु
१) शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।
२) अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।
३) प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम
व्यवस्था गर्ने ।
४) आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।
५) स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।
६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।
७) नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।
८) नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।
९) निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।
यो सहमति सँगै आन्दोलन स्थगित भएको र सम्पुर्ण गतिविधि नियमित रुपमा सन्चालन हुने महासघका अध्यक्ष लक्ष्मी किशोर सुबेदिले बताएका छन ।

