- Loading...
कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनलाई २०० मिलियन डलर तिर्ने

- शिक्षापाटि विदेशमा शिक्षा
- २७३ पटक पढिएको
साउन,०८ ।
सामाजिक सञ्जाल तिर
न्युयोर्क : अमेरिकाको प्रतिष्ठित कोलम्बिया विश्वविद्यालयले आफ्ना यहूदी विद्यार्थीहरूलाई आवश्यक सुरक्षा दिन नसकेको आरोपमा ट्रम्प प्रशासनलाई २०० मिलियन अमेरिकी डलर तिर्न सहमति जनाएको छ । बीबीसीको रिपोर्टअनुसार विश्वविद्यालयले आगामी तीन वर्षमा उक्त रकम संघीय सरकारलाई भुक्तानी गर्नेछ ।
गत वर्ष न्युयोर्कस्थित क्याम्पसमा भएको प्रदर्शनको क्रममा यहूदी विरोधी गतिविधि नियन्त्रण गर्न नसकेकोमा ट्रम्प प्रशासनले विश्वविद्यालयलाई दोषी ठहर गर्दै अनुदान रोकेको थियो । ट्रम्प प्रशासनले मार्च महिनामा कोलम्बियालाई दिने तयारीमा रहेको ४०० मिलियन डलरमध्ये केही भाग रोकेको वा खारेज गरेको थियो ।
यसबापत विश्वविद्यालय र सरकारबीच सहमति भएपछि त्यसको केही भाग फिर्ता गर्ने तयारी भएको जनाइएको छ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत उक्त सहमति पुष्टि गरेका छन् ।
उल्लेखनीय छ, कोलम्बिया विश्वविद्यालयले यसअघि नै ह्वाइट हाउसले राखेका केही शर्तहरू स्वीकार गरेको थियो, जसको आधारमा उक्त सहमति जुटेको हो ।










