FLASH NEWS
  • Loading...

नेपाल र ओमान बिचको फाइनल खेलको आधा रकम भुकम्प पीडितलाई

Post Thumbnail

 

सामाजिक सञ्जाल तिर

काठमाडौं, कार्तिक -१८ l नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार हुने नेपाल र ओमानबीचको खेलमा टिकट बिक्रीबाट संकलित भएको रकममध्ये ५० प्रतिशत भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा गरी १२९ जनाको मृत्यु भइसकेको छ भने १४० भन्दा बढी घाइते भएका छन्।

क्यानले भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै यस्तो घोषणा गरेको हो।
भोलि आइतबार टियु क्रिकेट मैदान कीर्तिपुरमा टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत उपाधिका लागि नेपाल र ओमानबीच फाइनल खेल हुँदैछ।

खेलका लागि आएका दर्शकले काटेको टिकटको ५० प्रतिशत रकम भूकम्प पीडितका लागि सहायता गरिने क्यानले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।

प्रकाशित मिति: २०८० कार्तिक १८, शनिबार