FLASH NEWS
  • Loading...

त्रिवि उपकुलपतिको लागि ३ जनाको नाम सिफारिस

त्रिवि उपकुलपतिको लागि ३ जनाको नाम सिफारिस

काठमाण्डाै : त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ । नाम सिफारिस गर्न गठित समितिले प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ धमलाको नाम सिफारिस गरेको हो ।

सामाजिक सञ्जाल तिर

उपकुलपतिका लागि ४३ जनाको आवेदन परेकोमा पहिलो चरणमा सिफारिस समितिले १४ जनाको नाम छनोट गरेको थियो । छनोट भएका १४ जनाको हिजो अन्तर्वार्ता भएपछि शिक्षामन्त्री संयोजकत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको हो । अब विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले तीन जनामध्येबाट एक जनालाई विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुहुनेछ ।

गएको कात्तिक १६ गते तत्कालीन उपकुलपति प्राध्यापक धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि तत्कालीन रेक्टर शिवलाल भुसालले ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी पाउनुुभएको थियो । तर त्यस अवधिमा पनि उपकुलपति छनोट नसकिएपछि फेरि उहाँले थप ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी पाउनुुभएको छ ।

प्रकाशित मिति: २०८० फागुन ७, सोमबार