FLASH NEWS
  • Loading...

प्रअ साह मृत्यु प्रकरण ; गोलबजारका सबै विद्यालय बन्द

प्रअ साह मृत्यु प्रकरण ; गोलबजारका सबै विद्यालय बन्द

सिराहा : सिराहाको गोलबजार नगरपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिनसहित नौबुँदे माग राखेर जिल्लाका शिक्षक सङ्घ सङ्गठनले गरेको आन्दोलनको कारण मंगलबार यहाँका विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

सामाजिक सञ्जाल तिर

गोलबजार नगरपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालय जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह आफ्नै विद्यालयमा आइतबार बिहान झुन्डिएर आत्महत्या गरेका थिए ।

प्रधानाध्यापक साहको शङ्कास्पद मृत्यु भएको भन्दै जिल्लाका विभिन्न आठ पेसागत शिक्षक सङ्गठनले घटनाको सत्य, तथ्य र निष्पक्ष छानबिन गरी दोषी पत्ता लगाउन दबाबस्वरुप मंगलबार जिल्लाभर पठनपाठन ठप्प पारेका हुन् ।

त्यस्तै शिक्षकले गोलबजार नगरपालिकाअन्तर्गतका सम्पूर्ण विद्यालय अनिश्चितकालका लागि बन्दको घोषणा गरेका छन् ।

मृतकको परिवार र स्थानीयले पूर्वपश्चिम राजमार्गको विभिन्न खण्डमा चक्काजामसमेत गरेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८० कार्तिक २२, बुधबार